दार्चुला । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।
सोमवार दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१४ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ। मोटरसाइकल पछाडी सवार एक जना घाइते भएका छन्। सोहि स्थानका ३९ वर्षीय तेजबहादुर सार्कीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया