दार्चुला । दोदा नदीमा आठ वर्षअघि शुरु गरिएको पुल निर्माण कार्यमा तीन वटा पिलर मात्रै बनेको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमा आठ वर्षअघि पक्की पुल निर्माण कार्य शुरु गरिएकोमा हालसम्म पुलका तीन वटा पिलर मात्र बनेका छन् ।

उक्त पुल निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ पुस २६ गते २४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण कार्यको जिम्मा लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीले पाएको थियो ।

धेरै पटक म्याद थपिसक्दा पनि पुल निर्माण कार्यले गति लिएको छैन । ती तीन वटा पिलर पनि मापदण्डविपरीत बनेपछि २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको छ ।

निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दै आएपनि ठेकेदारले विभिन्न बहाना बनाएर लापरवाही गरिरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । पुल निर्माणका लागि हालसम्म १२ करोड भुक्तानी भइसकेको जनाइएको छ ।

पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दै आवतजावत गर्दै आएको बताएका छन्

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?