दार्चुला । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको बुढीगंगा नगरपालिका–१० रिठा खर्रा स्थित साँफे–मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको अन टेस्ट ट्राली नजोडेको ट्याक्टर दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४२ वर्षीय बिरसिंह चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले बताएको हो। दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बाजुरा प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया