दार्चुला । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ८ रतुडा स्थित रहेको भिरबाट अन्दाजी ३०० मिटर तल खसेर सोही ठाँउका ५३ वर्षीय ताराचन्द्र ऐडीको मृत्यु भएको हो।
शनिवार साँझ सोही वडा नम्बर ८ झरौले स्थित आफन्तको विवाहबाट घर जाने क्रममा भिरबाट लडेको भन्ने बुझिन आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया