बाजुरामा ट्र्याक्टर दुर्घटना, चार जनाको मृत्यु

दार्चुला । बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका गइरहेको ट्र्याक्टर बडिमालिका नगरपालिका २ भौनेराखडिगाड नजिक दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।

निर्माण सामाग्री लिएर गएको ट्याक्टर रोडमै पल्टिएर दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?