दार्चुला । बझाङमा आज सोमबार एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ बस्ने धनबहादुर थापाको श्रीमती ३२ वर्षीया सुनिता थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
हिजो आइतबारदेखि उनलाई सुत्केरी बेथा लागेर अत्यधिक रक्तश्राव भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख एंव डिएसपी भरत शाहले जानकारी दिनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया