बैतडी घर भएका प्रहरी जवान कैलाली प्रहरीको थुनामा

दार्चुला । कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्। बैतडी जिल्ला घर भएका प्रहरी जवान दमनबहादुर विष्टलाई महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा थुनामा राखिएको हो।

स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा प्रहरी जवान विष्टलाई सार्वजनिक मुद्दामा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिनुभयो ।

विष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। विष्ट डोटीमा कार्यरत थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?