दार्चुला । कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका यप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहीवार भारतबाट फर्किएका ६० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो । ५८ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार यो सँगै सुदुरपश्चिममा ४ जनामा कोरोना संक्रमण देखिएको छ। हिजो बुधवार पनि २ जनामा कोरोना संक्रमण देखिएको थियोे। अहिले उनीहरूको स्वास्थ्य सामान्य छ । संक्रमितहरुमा कुन भेटियन्ट हो भन्ने विषयमा थप परीक्षण गरिने भएको छ ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएपछि नेपालमा पनि त्यो भित्रिन सक्ने खतरा बढेको छ । विश्व स्वास्थ्य संगठनले मंगलवाबार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।

समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई सजिलै जित्नसक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?