बैतडीको पुर्चौडी नगरपालिकाले शिक्षककोे तलब मासिक रुपमा दिने

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब अब मासिक रुपमा उपलव्ध गराउने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार कुंवरले प्रमुख प्रशासकिय अधिकृतको कार्यभार समाल्दै शुरुमा सो निर्णय गरेका हुन् ।

अहिले सम्म नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब त्रैमासिक रुपमा उपलव्ध गराउँदै आएको थियो । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब आउँदो माघ महिनादेखी मासिक रुपमा उपलव्ध गराउने निर्णय गरेको छ ।

पुर्चौंडी नगरपालिका असोज २५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो ।

पुर्चौंडी नगरपालिका असोज २५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएपछि स्वास्थ्य शाखा प्रमुख कुंवरलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि बढीमा दुई महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक कार्य गर्न बुधबार पुस ४ गते जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?