दार्चुला । कञ्चनपुरमा एक शिक्षक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ सिंहपाल आधारभूत विद्यालयका शिक्षक ५० वर्षिय मदनराज उपाध्याय आफ्नै घरमा पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
आज सोमवार दिउँसो मोटरसाइकल सडकमैं स्ट्यान्डर्ड गरेर भित्र पसेका उनले केही समयमै आत्महत्या गरेको परिवारजनले जनाएको छ । शिक्षक उपाध्याय विरामी बिदामा घर बसेका थिए ।
घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




