बझाङमा डोजर पल्टिँदा चालकको मृत्यु

दार्चुला । बझाङमा डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिकाको सुदूरपश्चिम प्रदेश २४५३ नम्बरको डोजर सोमबार राती ९ बजेर २२ मिनेटको समयमा सिमखेत स्थित पुरानो बसपार्क नजिकबाट दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

डोजर दुर्घटनामा परि बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय चालक प्रकाश कठायतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतक कठायत जयपृथ्वी नगरपालिकाको जेसिवी मेसिन चलाउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?