पञ्चेश्वरमा जिप दुर्घटना

दार्चुला । बैतडीको पञ्चेश्वरमा बुधबार दिउँसो जिप दुर्घटना भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आम्चौराबाट मेलौली तर्फ आउदै गरेको ना २ च ४५५१ नम्बरको जिप गाउँपालिकाको कार्यालय नजिक सैलोडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिन जना सामान्य घाइते भएका छन् । घाइते तिनै जनाको आमचौरा स्वास्थ चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

घटना के कति कारणले भएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?