दार्चुला । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक दुई जनाको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उहाँकी श्रीमती मैसरा ढकालको बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटनामा ज्यान गएको हो ।
उनिहरु अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ गइरहेको सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।
मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन् भने ढकाल अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गरिरहेका उहाँका आफन्त चक्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया