कञ्चनपुरमा एक वडाध्यक्ष मृत फेला

दार्चुला । कञ्चनपुरमा एक वडाध्यक्ष मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष महेन्द्र खड्का ऐठपुर क्षेत्र नहर किनारमा बिहीवार बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले वडाध्यक्ष खड्काको सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति मृत्यु भएको हुन सक्ने जानकारी दिनुभयो ।

‘प्रारम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ’, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, ‘घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।’

बुधवार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी थिए । भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका खड्का नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?