पीसीआर परीक्षणका लागि तोकेको  शुल्क कार्यान्वयन गर्न स्वास्थ्यमन्त्री  ढकालकाे निर्देशन

दार्चुला । सरकारले कोभिड–१९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क दुई हजार रुपैयाँ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले घटेको शुल्कमा पीसीआर परीक्षण गराउन प्रयोगशालाहरुलाई निर्देशन दिनुभएको हो ।

स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कोभिड–१९ परीक्षण गर्ने प्रयोगशाला, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन भन्नुभएको छ ।

मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार रुपैयाँ तोकेको थियो ।

यसअघि मन्त्रालयले पीसीआर परीक्षणको लागि पहिलो पटक पाँच हजार पाँच सय र दोस्रो पटक चार हजार चार सय रुपैयाँ तोकेको थियो । तर सरकारले दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने बताए पनि निजी अस्पतालले भने चार हजार चार सय रुपैयाँ नै लिएको सेवाग्राहीको गुनासो छ ।

नेपालमा अहिले सरकारी र निजी गरी ४७ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?