दार्चुला । कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यु भएको हो।
घरको तिन तलाको छतबाट लडेर गम्भिर घाईते भएका माझीको उपचारको क्रममा सेती प्रादेशीक अस्पतालमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया