दार्चुला । बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ सलेनामा बँदेलको आक्रमणबाट दुई जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडा घाङल बस्ने मने दयालकी ९ वर्षीया छोरी करिस्मा दयाल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आइतबार आज दिउँसो ३ बजेको समयमा घरमै बसीरहेका जोशीमाथी बदेलले आक्रमण गरी घाइते बनाएको हो, भने ९ वर्षीया बालिकालाई पनि आजै करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको बताइएको छ । बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट लागेको आफन्तजनले बताएका छन् ।
घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । यही पुष ११ गते पनि सोही वडाका राम बहादुर चन्दलाई पनि बँदेलको बथानले आक्रमण गरी घाइते बनाएको थियो ।
दिनदाहाडै बदेलले मानिसहरुमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । मेलौली नगरपलिका वडा नम्बर २ र ३ मा बर्षेनी बँदेलले आतंक मच्चाउने गरेको स्थानीयको गुनासो छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया