दार्चुला । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका १० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो।

करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा लगिएको थियो । त्यहा उनलाई डाक्टरले मृत घोषणा गरिएको थियो।

यस्तै करेन्ट लागेर मोहन्याल गाउँपालिका ३ की ३६ वर्षीया दुर्गा खत्री घाइते भएकी छिन्। खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?