बझाङमा जिपको ठक्करबाट एक महिलाको मृत्यु

दार्चुला । बझाङमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बागथलाकी ६४ वर्षीया महेश्वरीदेवी मल्लको मृत्यु भएको हो ।

उनलाई बुधबार बिहान ९ बजे सडक नजिक धारामा पानी भर्न जाँदा जिपले ठक्कर दिएको थियो । जिपले ठक्कर दिँदा मल्ल गम्भीर घाइते भएकी थिइन ।

घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपछि थप उपचार गर्न धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चालक बित्थडचिर गाउँपालिका–६ का २४ वर्षीय विशालसिंह स्याडालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?