सुदूरपश्चिममा माओवादीका बहुमत सांसदले फेरे दलको नेता, खगराजलाई हटाएर सन्तोष चयन

दार्चुला। सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले संसदीय दलका नेता फेर्ने निर्णय गरेका छन् । उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको उपनेता रावलले बताउनुभयो । असन्तुष्ट समूहले दलको नेता परिवर्तन गर्न पार्टी केन्द्रलाई आग्रह गरेका थिए । तर सुनुवाइ नभएकाले दलको नेता फेरिको रावलले बताउनुभयो । रावलले चाडै बैठक बसेर प्रदेश सरकारबारे समेत निर्णय लिइने जानकारी दिनुभयो । धामीको अध्यक्षतामा बसेको बैठकमा ६ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित रहेका थिए । दलको नेता फेरिएपछि प्रदेश सरकारमा फेरबदल हुनसक्ने चर्चा चलेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?