बैतडीमा एक कार्यालय सहयोगी मृत फेला

दार्चुला । बैतडीमा एक कार्यालय सहयोगी मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मण सिह बिष्ट मृत फेला परेका हुन् ।

शुक्रबार बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताउनुभयो।

प्रेसर र सुगरका बिरामी बिष्ट बिहान ८ः२० बजे घोप्टो परेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ।

अहिले मृतक बिष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ। शवको पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?