दार्चुला । डोटीमा होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ।
जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै हातपात गरेका हुन्। ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन्।
जातीय विभेदको घटना इलाका प्रहरी कार्यालयले हेर्न नमिल्ने भन्दै वायल प्रहरी चौकीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय सिलगढी पठाएको इन्चार्ज मानसिंह भण्डारीले बताउनुभयो।
असई धामीका अनुसार दुवै पक्ष मदिरा सेवन गरी आइतबार बेलुकीपख आफुकहाँ आएका भए पनि सोमबार सिलगढी पठाएको बताउनुभयो। प्रत्यक्षदर्शीका अनुसार धामीले जातीय आरोप लगाउँदै कुटेको स्वीकारेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया