दार्चुला । बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कटौजपानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपमा सवार वडा नम्बर ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा वडा नं ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीयाा हरिमाया बिष्ट, १७ वर्षीय महेश बिष्ट घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ ।
जिप सिल्लेगडाबाट यात्रु बोकेर कालागाँउ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौजपानीमा दुर्घटना हुँदा मा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिप सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया