दार्चुला । बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताउनुभयो ।
समितिले वडा नम्बर १ का स्थानियहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया