४१ वर्ष शिक्षण गरेर मावि प्रथम श्रेणीबाट सेवानिवृत भएका शिक्षक गणेश बिष्टको विदाइ

दार्चुला । दार्चुलाका एक जना अग्रज शिक्षकको भव्यताका साथ विदाइ गरिएको छ । ४१ वर्ष शिक्षण गरेर सेवानिवृत हुनुभएका अग्रज शिक्षक गणेशराज बिष्टको एक औपचारीक कार्यक्रमका बिच विदाइ गरिएको हो ।

शिक्षक बिष्टको माद्यमिक तहको प्रथम श्रेणीबाट अवकाश प्राप्त भएको हो । २०३९ साल फागुन २३ गतेदेखि शिक्षण पेसामा प्रवेस गरि २०८० माघ ८ गते अनिवार्य अवकाश हुनुभएका शिक्षक बिष्टको गोकुलेश्वर माबि परिवारले विदाइ गरेको शिक्षक भुवन डागाँले बताउनुभयो ।

हाल शैल्यशिखर नगरपालिकाका शिक्षा विज्ञ समेत रहनुभएका शिक्षक बिष्टको विदाइ समारोहमा उपस्थित सबैले उहाँको प्रेरणादायी व्यक्तित्तबाट धेरैकुरा सिक्न सकिने बताएका थिए । सेवानिवृत जीवन सुखमय वितोस भन्ने शुभकामना समेत व्यक्त गरिएको शिक्षक पिताम्बर बिष्टले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?