बैतडीको सतबाँझमा दोगडाकेदारका एक युवक मृत फेला

दार्चुला । बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ सतबाँझमा सोमबार बिहान एक युवक मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर रहेको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिनुभयो ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन जान्छु भनि हिडेका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेट्टिएका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?