बाजुरामा पुलबाट हाम फालेकी महिलाको मृत्यु

दार्चुला । बाजुरामा पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–२ सिम्लाकी ३९ वर्षीया जानकी न्यौपानेको शनिबार विहाना करिव ७ बजेको समयमा बुढीगंगा नदीको पुलबाट हाम फालेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट पैदल हिडेर बुढीगंगा नदी पुगेर पुलबाट हाम फालेकी हुन् ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?