डोटीमा उमेर पुगेपछि बिहे गर्ने जोडी सम्मानित

दार्चुला । डोटीमा विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । जोरायल गाउँपालिका वडा नम्बर ६ ले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो ।

वडाले शुक्रवार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी जोरायल गाउँपालिका–६ सित्तोली माइती घर भई विवाह गरी बैतडी जिल्लाको मेलौली नगरपालिका–३ कुजागाड जानुभएकी २६ बर्षिया कमला बोहराको जोडीलाई सम्मान गरिएको वडा अध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिनुभयो । बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो ।

दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ । यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ ।

वडाको यो कदमलाई अन्य सङ्घसंस्थाले पनि साथ दिएको छ । छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको अध्यक्ष बोहराले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?