एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले उद्घाटन गर्ने

दार्चुला । एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको छ। भोलिदेखि पाटनमा शुरु हुने जिल्ला अधिवेशनको सबै तयारी पूरा भएको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो।

अधिवेशनका लागि उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीआज गृह जिल्ला बैतडी आइपुगेका छन् । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउनुभएको हो ।

अधिवेशनको उद्घाटन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले गर्ने छन्। अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट गरिएका छन् ।

एमाले अधिवेशनको सरगर्मी बढेका बेला नेतृत्वका आकांक्षीहरुले छलफललाई तीव्रता बनाएका छन् । पार्टी नेतृत्वले सहमतिमै नयाँ नेतृत्व चयनका लागि प्रयास गरिरहेको जनाएका छन् ।

अध्यक्षमा गोविन्द गिरी, नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट र हजारी साउँद लगायतले आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?