दार्चुला । भक्तपुरमा जारी अन्तर नगर महिला कबड्डी प्रतियोगितामा काठमाडौं महानगरपालिकालाई हराएर बैतडीको मेलौली नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न क्वाटरफाइनलमा काठमाडौंलाई २४९५६ को सेटमा हराउदै मेलौली अन्तिम चारमा सुरक्षित भएको मैलौली नगरपालिकाका नगर खेलकुद संयोजक सागर भण्डारीले जानकारी दिनुभयो।
मेलौलीले सेमिफाइनलमा अब भिमदत्त नगरपालिकासंग भिड्नेछ ।
अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रो र चौथो हुने टिमलाई ५० हजार पुरस्कार राखिएको छ।
भक्तपुर नगरपालिकाले नेपालमै पहिलो पटक आयोजना गरेको प्रतियोगितामा सातवटै प्रदेशबाट १७ वटा नगरपालिकाले सहभागिता जनाएको छ । जसमा बैतडीको मेलौली नगरपालिका पनि सहभागि छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया