सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्यपुस्तक वितरण सुरु

दार्चुला । जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा शैक्षिक सामग्री बिक्री वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले मंगलबारदेखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो ।

प्रादेशिक कार्यालय धनगढी प्रमुख रामबहादुर कुँवरका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको हो । जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिनुभयो । चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?