अनेरास्ववियु दार्चुलाद्धारा होली खेलेर छात्रवृत्ति अक्षयकोष स्थापना

दार्चुला । नेकपा एमाले निकट अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरुको पहिलो बैठकबाट १० हजार राशिको विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने निर्णय भएको अनेरास्ववियु दार्चुलाका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

अनेरास्ववियुले चैत्र १० र ११ गते होली खेलेर संकलन गरेको रकमबाट विद्यार्थी हितकालागि कोष स्थापना गर्ने निर्णय गरेको छ । जिल्लाका उत्कृष्ट, जेहेन्दार र गरिव विद्यार्थीको पहिचान सहित प्रोत्साहन स्वरुप सहयोग गर्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको सचिव पदमराज जोशीको भनाइ छ । अक्षयकोष संचालन तथा वितरण कार्यविधि बनाएर शैक्षिक सत्र २०८०र०८१ का २ जना उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई उक्त रकम प्रदान गरिने छ ।

अक्षयकोषको रकम सानो भएपनि आगामि दिनमा कोष वृद्धि गर्दै ठूलो राशिको बनाइने अध्यक्ष जोशीको भनाइ छ । हामिपनि विद्यार्थी हौँ, बढी स्रोत सुनिश्चित छैन, अध्यक्ष जोशीले भन्नुभयो, होली खेलेर संकलन गरिएको रकमलाई भोज भतेरमा खर्च गर्नु भन्दा विद्यार्थीमै खर्च गर्नु राम्रो हुन्छ, यस्ले पछाडिको पुस्तालाई समेत प्रेरणा मिल्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?