दार्चुला । भारतमा गाडीको ठक्करबाट घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ८ मट्टे घर भई हाल भारतको पञ्जाबमा काम गर्दै आएका ३५ बर्षीय धनबीर साउँद रहेका छन् ।
दुईदिन अगाडि गाडीको ठक्करबाट साउँद घाइते भएका थिए । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको आफन्त रामबहादुर महराले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा साउँद एक बर्ष अगाडि मात्रै भारतको पञ्जाब गएका थिए । मृतक साउँदका घरमा दुई छोरा र श्रीमती रहेका छन् ।
रोजगारीका लागि भारत गएका युवाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा डुबेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया