कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला

दार्चुला । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ। गत सोमवार होली खेलेपछि चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए। तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा शव फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?