दार्चुला । डोटीमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । बिहिवार अपराह्न करिब ४ बजेतिर जङ्गलमा लागेको आगोले जलेर घाइते हुनुभएकी जिल्लाको शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएकोमा निसर्ग अस्पतालले आज बिहान १ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया