डोटीमा आफैंले काटेको रुखले च्यापिएर एक बालकको मृत्यु

दार्चुला । डोटीमा दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर २ खड्गडाका १४ वर्षीय तिलक बोहरा सनिबार दिउँसो १२ बजेतिर दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।

डोटी अस्पतालमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?