श्रीमतीको हत्या गर्ने धामी कारागार चलान

दार्चुला । बैतडीमा श्रीमतीको हत्या गर्ने ६३ वर्षीय कृष्ण धामी कारागार चलान भएका छन्। कोदालोले हिर्काएर धामीले चैत्र ८ गते आफ्नै श्रीमतीको हत्या गरेका थिए।

जिल्ला अदालत बैतडीले उनलाई आज (आइतवार) पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो।

चैत्र ८ गते बिहान धामीले कोदालोले हिर्काएर आफ्नै श्रीमती ५६ वर्षीया पार्वती धामी,उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि पनि आक्रमण गरेका थिए। उनकी श्रीमतीको उपचारको क्रममा सोहि दिन मृत्यु भएको थियो। आक्रमणबाट घाइते भएका कलौनी उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?