शैल्यशिखर–७ मा भैरवनाथ आविको भवन जीर्ण, पठनपाठनमा समस्या

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ दोबाटामा अवस्थित भैरवनाथ आधारभुत विद्यालयको भवन जीर्ण बनेको छ । २०६८ सालमा स्थापना भएको विद्यालय भवन सरोकारवालाहरुले बेवास्था गर्दा जिर्ण बनेको हो ।

कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा ३४ जना विद्यार्थी तथा कार्यालय सहयोगी समेत गरि ४ जना शिक्षकहरु कार्यरत छन् । विद्यालय भवनमा रहेका जस्तापाताहरु, झ्याल ढोकाहरु तथा डेस्क–बेन्चहरु समेत जिर्ण अवस्थामा रहेको विद्यालयका प्रद्यानाध्यापक जानकी धामीले बताउनुभयो ।

चर्को घाम तथा बर्षातमा पानी पर्दा पठनपाठनमा समस्या भइरहेको उहाले बताउनुभयो । साना बालवालिकाहरुलाइ विद्यालय पठाउन मालिकार्जुनको बसेडी, शैल्यशिखरको दोबाटा, लेकमको राताकाठा लगायतका टोलहरुका विद्यार्थीहरु उक्त विद्यालयमा पठाउने गरिएको बताइएको छ ।

यस बिषयमा शैल्यशिखर नगरपालिका शिक्षा शाखालाइ बुझदा उक्त विद्यालयको भवन निर्माणका लागि आवश्यक पहल गर्ने बताएको छ । यथासिघ्र सो विद्यालयको भौतिक व्यवस्थापनमा स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुले ध्यान दिनु आवश्यक रहेको स्थानीयको माग छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?