दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ नजिकै ट्याक्टरले किच्दा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
गुड्दै गरेको ट्याक्टरको पछाडीको टायरमा च्यापिएर सोही ठाउँ बस्ने २५ बर्षिय नरेन्द्र प्रसाद भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
आज बसन्तपुर तुफानडाडा बर्म बाट सिमार तर्फ गइरहेको सु।प।प्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरका ढालामा सवार भट्टको एक्कासी खसेर पछाडीको टायरमा च्यापिएर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय पाटनको टोलिले चालक र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको तथा ट्याक्टर नियन्त्ररणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया