दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकामा अवस्थित रौलेश्वर मावि कफलकोटमा जयराज भट्टको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
जयराज भट्टको अध्यक्षतामा गठित विव्यस सदस्यहरुमा प्रदिप महरा, प्रताप सिंह महरा, जयन्ती महरा, कमला दमाई, सरस्वती महरा रहेका छन् । यस्तै पदेन सदस्यमा बिष्णुदत्त भट्ट, शिक्षक प्रतिनिधिमा वीरबहादुर भाट र सदस्य सचिवमा नरेन्द्र बहादुर भाट रहेका छन् ।
यसैबिच उक्त विद्यालयमा लोगे भाटको अध्यक्षतामा काशी सिंह महरा र मानी महरा सदस्य रहने गरी शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया