सुदूरपश्चिममा ८ मन्त्री थपेर मन्त्री परिषद् विस्तार, आर्थिक मामिला सुरेन्द्र पाललाई

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्री नियुक्त हुनेमा एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्त पनि रहनुभएको छ । पाँच जनालाई बिना विभागीय मन्त्री नियुक्त गरेर शपथका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरिएको बताइएको छ ।

मन्त्री सिफारिसको विषयमा माओबादीभित्र विवाद देखिएको छ भने मन्त्रालय फुटाएकोमा नाउपाले असहमति जनाएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?