दार्चुला । डोटीमा एक महिला मृत फेला परेकी छन् । दिपायल सिलगढी नगरपालिका–७ पाकरीकी अन्दाजी ४८ वर्षीया चन्द्रा बिष्ट मृत फेला परेकी हुन् ।

शनिवार बिहान करीव ११ बजेतिर घरबाट घाँस काट्न निस्केकी चन्द्रा साँझ ७ बजेसम्म पनि घर नआएपछि आफन्तहरुले खोजी गर्न सुरु गरेका थिए । कहीँकतै भेटाउन नसकेपछि राती ९ बजे प्रहरीलाइ खवर गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज्दै जाँदा घरबाट करीव आधा घण्टाको दुरीमा रहेको जंगलमा उनको शव घोप्टो परेको अवस्थामा भेटिएको उनका आफन्त हिक्मतवहादुर बिष्टले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?