दार्चुला । बैतडीमा भिरबाट लडेर दुई जना महिलाको ज्यान गएको छ । डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा एक एक जनाको मृत्यु भएको हो ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम कार्कीगाउँ बस्ने ४२ वर्षीया पार्वती कार्कीको स्थानीय गुरौसाड, पानीफुट्टा भिरबाट लडेर घटनास्थलमै ज्यान गएको स्थानीय अरविन कार्कीले बताउनुभयो । बुधबार (आज) दिउँसो १२ बजेतिर उक्त भिरबाट लडेर कार्कीको घटनास्थलमै ज्यान गएको बताइएको छ । कार्कीका दुई छोरा र श्रीमान रहेका छन् ।
यसैबिच बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । नाथको घर नजिकै रहेको डोब्रा भिरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया