सुदूरपश्चिममा ६ मन्त्री र तीन राज्यमन्त्री बन्दै (कसलाई कुन मन्त्रालय हेर्नुहोस)

दार्चुला । सुदूरपश्चिममा ६ मन्त्री र तीन राज्यमन्त्री बन्दैछन्। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्री बन्न लागेका हुन्। आज प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले सपथ खुवाउने कार्यक्रम तय भएको छ। त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले सपथ गराउने छन्।

नेपाली काग्रेंसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्का सिफारिस भएका छन्। त्यस्तै एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा शुरेन्द्रबहादुर पाल, भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा शार्की नियुक्त हुँदैछन्।

भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा एमालेकै निर्मला साउँद नियुक्त हुने भएकी छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ। उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने छ। एमालेका पाल, थापा र शार्की यसअघि थोरै समयका लागि मन्त्री भएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?