सुदूरपश्चिममा कर सङ्कलनसम्बन्धी अध्यादेश पारित

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश २०८१ पारित गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश पारित गरेको हो । अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।

सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश २०८१ आजै प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित हुने र रोकिएको कर सङ्कलनको कार्य आजैबाट सुचारु हुने जनाइएको छ ।

दीर्घबहादुर सोडारी नेतृत्वको अघिल्लो सरकारले बजेट र यससँग सम्बन्धित ऐन पारित गराउन नसकेपछि चालु आर्थिक वर्षमा कर सङ्कलनको कार्य हुन सकेको थिएन । यसैगरी, बजेट शून्यताका कारण खर्च गर्ने बाटो पनि बन्द रहेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले अध्यादेश आजै प्रमाणीकरण भएर कर सङ्कलनको काम आजैबाट हुने बताउनुभयो । विश्वासको मतपछि सरकारले नयाँ बजेट ल्याउने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?