डिलाशैनीको दखोलामा घरमुनिबाट पहिरो खस्दा २ घर भत्किए

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर –३ दखोलामा घरमुनिबाट पहिरो खस्दा २ वटा घर भत्किनुका साथै २ घर उच्च जोखिममा परेका छन्। आज बिहान घरमुनिबाट पहिरो खस्दा स्थानीय अम्मर बोहराको ४ कोठे स्लेटले छाएको, तथा २ कोठे पक्कि गरि २ वटा घर भत्किएको स्थानीय लोकेन्द्र धामीले जानकारी दिनुभयो ।

यस्तै सोहि क्षेत्रमा नरेश बोहरा र बहादुर बोहराको घर समेत उच्च जोखिममा रहेको धामीले बताउनुभयो । आज बिहान घर भत्किएको र घरभित्र रहेको अन्नपात, तथा समानहरु गरि १५ लाख बराबरको क्षती भएको उहाले बताउनुभयो ।  घटनामा मानविय तथा चौपाया क्षती हुनबाट भने जोगिएको छ ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा प्राकृतिक विपद्बाट विभिन्न घटनाहरु घटेकोमा दुःख ब्यक्त गर्दै स्थानीय सरकारबाट गर्न सकिने राहत पुनःस्थापना लगायतका कामहरुमा कुनै कसुर बाकीँ नराख्दै काम गर्ने बताउदै आवश्यक सर्तकता अपनाउन डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले पालिकावासीहरुमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?