सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुईतिहाई मत

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ मत पाएका छन् । बुधबार भएको मतदानमा मुख्यमन्त्री शाहले दुईतिहाइ अर्थात ३६ जनाको समर्थन पाएका हुन ।

५३ सदस्यीय प्रदेश सभामा उनको विपक्षमा आठ मत मात्रै परेको छ । भने स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले आफ्नो मत तथस्टमा जाहेर गरे । प्रदेश सभाको पाँचौ अधिवेशनका क्रममा आज बसेको बैठकमा मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ र नागरिक उन्मुक्तीका सात गरेर ३६ मतदान गरे ।
मुख्यमन्त्रीको विपक्षमा विपक्षमा नेकपा (माओवादी) केन्द्रका १०, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपा÷स्वतन्त्र १/१ गरेर १६ जनाले मतदान गर्नु पर्ने थियो तर विपक्षका केही अनुपस्थित भए ।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह चार महिनापछि साउन २० गते फेरि मुख्यमन्त्री हुनु नियुक्त भएका थिए ।

विश्वासको मत माग्ने क्रममा उहाँले आफूलाई दोस्रो पटक मुख्यमन्त्री बनाउन सहयोग गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रदेश सभाका सदस्यहरु र आफ्नो क्षेत्रका जनतालाई धन्यबाद दिनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा देखिएको अन्योल चाँडै अन्त्य हुने पनि बताउनु भएको छ । उहाँले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति लिएको बताउदै कसैले त्यस्तो काम गरेको थाहा पाए कारवाही गर्ने बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता मानबहादुर धामी, एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह धामी, एकीकृत समाजवादीका उपनेता प्रकाशबहादुर रावल, नागरिक उन्मुक्तीका घनश्याम चौधरी, स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले भाग लिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?