दार्चुला । सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर, बैतडीको १४ औं बार्षिकोत्सब समारोह सम्पन्न भएको छ । क्याम्पस संचालक समितिका उपाध्यक्ष किसन सिंह थलालको अध्यक्षतामा आयोजित बार्षिकोत्सब कार्यक्रममा डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा डिलाशैनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उत्तर बहादुर बोहरा, क्याम्पसका संस्थापक अध्यक्ष उत्तम बहादुर चन्द, डिलासैनी गाउँपालिका शिक्षा शाखा संयोजक महादेब भट्ट लगायतको आतिथ्यता रहेको थियो ।
सहायक क्याम्पस प्रमुख दिनेश राज भट्टले सञ्चालन गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीले क्याम्पसको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट बिद्यार्थी लाई पुरुस्कार बितरण, सांस्कृतिक प्रस्तुती र शुभकामना मन्तब्य लगायत गतिविधिका साथ बार्षिकोत्सब सम्पन्न भएको क्याम्पसले जनाएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया