दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ ले हरिनगर गोकुलेश्वरमा आयोजना गरेको चर्मण्वती डेउडा उत्सवको फाइनल प्रतिस्पर्धा दयाकृष्ण पन्त र मञ्जु गिरी बिच हुने भएको छ । दार्चुलाको लेकमका पन्त र कञ्चनपुरको भिमदत्त नगरपालिकाका गिरी फाइनल प्रतिस्पर्धाका लागि छनोट भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताउनुभयो । फाइनल प्रतिस्पर्धा भदौ २२ गते (भोलि) दिउँसो ४ बजे हुने बताइएको छ ।
उहाँका अनुसार खेलको तेस्रो दिन (आज) खेलप्रेमीहरूको बाक्लो उपस्थितका बिच सेमिफाईनल सम्मका सबै प्रतियोगिताहरु सम्पन्न भएका छन। शुक्रबार (आज) एक समारोहका बिच लेकमका देउडिया गङ्गा दत्त पन्तलाई चर्मण्वती उदयमान युवा देउडा खेलाडी सम्मान, पुर्चौडीका अजब बहादुर ढुङ्गाल लाई देउडा गीत/सङ्गीत संरक्षण सम्मान र डिलाशैनीका परमानन्द जोशी लाई ढुस्कु/धुमारी/ठाडो खेल चर्मण्वती लोक-सस्कृती सम्मान पुरुस्कार द्वारा सम्मानित गरिएको आयोजकले जनाएको छ । डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी लगायत जनप्रतिनिधिबाट डेउडियाहरूलाइ सम्मानित गरिएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया