दार्चुलामा कक्षा १२ को पुरक परीक्षाको लागि ६ वटा परीक्षा केन्द्र निर्धारण

दुर्गादत्त मिश्र, दार्चुला । भाद्र २५ र २६ गते सञ्चालन हुने १२ को पुरक परीक्षाको लागि दार्चुलामा ६ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएका छन् । लटिनाथ मावि रस्कोट मार्मा, गोकुलेश्वर मावि गोकुलेश्वर, लटिनाथ नमुना मावि चौपाता, शंकरपुर मावि पस्ती, महेन्द्र नमुना मावि क र ख गरी जिल्लाभरी ६ वटा परीक्षाकेन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तले बताउनुभयो ।

उहाका अनुसार महेन्द्र नमुना मावि क केन्द्रबाट महेन्द्र नमुना मावि खलगा महेन्द्र नमुना माविकै ख खेन्द्रबाट हिमालय मावि हुती, राष्ट्रिय मावि दत्तु, जनविकास मावि बारबाँज, मालिकार्जुन मावि धाप,गौरीलमाण्डौं मावि हिकिला, हुस्कर मावि काटै, लटिनाथ मावि खार र सम्पाल मावि सुन्सेरा गरि ८ वटा विद्यालयका २०९ जना परीक्षार्थीले परीक्षा दिने छन् । यस्तै गोकुलेश्वर परीक्षा केन्द्रबाट गोकुलेश्वर मावि गोकुले, गणेश विनायक मावि सिप्टी, गलैनाथ मावि झरकाँडा, सत्य प्रकास मावि देथला, कृष्ण मावि बलाच, मालिकार्जुन मावि काडापारी, मालिकार्जुन मावि आगर र जनहित मावि धुलिगडा गरि ८ विद्यालयका २१२ जना परीक्षार्थी सहभागि हुने बताइएको छ ।

शंकरपुर मावि परीक्षाकेन्द्रबाट शंकरपुर मावि पस्ती, मालिकार्जुन मावि मड, कृष्ण मावि डाडाकोट, सरस्वती मावि उकु, मालिकार्जुन मावि मिलमिली र राष्ट्रिय मावि ठिङ गरि ६ विद्यालयका २३८ जना लटिनाथ मावि रस्कोट परीक्षाकेन्द्रबाट लटिनाथ मावि रस्कोट, खण्डेश्वरी मावी क्षेत्ती, तपोवन मावि पडपडा र दुर्गेश्वरी मावि घोल्जर गरी ४ विद्यालयका १३४ जना परीक्षार्थी परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ ।

यस्तै जिल्लाको लटिनाथ मावि चन्दनपुर चौपाता परीक्षा केन्द्रबाट लटिनाथ नमुना मावि चौपाता, कृष्ण मावि लाली, हुनैनाथ मावि रातामाटा र हुनैनाथ मावि कुणी गरि ४ वटा विद्यालयका १६२ जना परीक्षार्थी परीक्षामा सहभागि हुने बताइएको छ ।

दार्चुलाबाट यस वर्ष कक्षा १२ को पुरक परीक्षामा ११ सय ३३ जना परीक्षार्थी सहभागि हुने भएका छन् । परीक्षा सञ्चालनको लागि आवश्यक तयारी भइरहेको समन्वय इकाइ दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?